तेस्रो बैंकिङ्ग डिस्कोर्शः दोस्रो सत्रको वक्तामा जनसंख्या विद् चेतन अधिकारी


काठमाडौ – तेस्रो बैंकिङ्ग डिस्कोर्श २०२५ को दोस्रो सत्रको वक्ताका रुपमा जनसंख्या विद् चेतन अधिकारी सहभागी हुने भएका छन् । अधिकारी छलफलको दोस्रो सत्र ‘साना तथा मझौला उद्यमहरुमा कर्जा विस्तारको समस्यास् समाधानका नविन तथा प्रचलित अभ्यास र हाम्रो तयारी’ शिर्षकमा हुने छलफलमा वक्ताका रुपमा सहभागी हुने भएका हुन् ।

चेतन अधिकारी,पत्रकारिता र अनुसन्धानमा संलग्न छन् । उनले जनसंख्या अध्ययन विषयमा त्रिभुवन विश्वविद्यालयबाट पिएचडी गर्दैछन् । अधिकारीले छलफल सत्रमा उनले साना तथा मझौला उद्योगीलाई लक्षित गरेर अधिक जनसंख्यालाई लाभ पुर्‍याउन बैंकिङ्ग क्षेत्रले गर्न सक्ने योगदानका बारेमा चर्चा गर्नेछन्। नेपालको जनसंख्याको बनावट, वितरण,बसाँइसराइ,सामाजिक सुरक्षा लगायतका विषयमा अध्ययन अनुसन्धानसँगै लेखनमा पनि सक्रिय अधिकारी हाल यो बेला डटकमको सम्पादक पनि हुन् ।

डिस्कोर्शको उद्घाटन अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गर्नेछन् । उद्घाटन सत्रमा अर्थमन्त्री विष्णु पौडेल, राष्ट्र बैंक, निजी क्षेत्र र वाणिज्य तथा विकास बैंकका नेतृत्वदायी भूमिकामा रहेका व्यक्तित्वहरूको समेत उपस्थिति रहने छ। कार्यक्रममा उद्घाटन सत्रसहित चार वटा ‘प्यानल डिस्कसन’ र एउटा विशेष सत्र रहनेछ ।

‘नेपालमा कर्जा विस्तारको चुनौती : लक्षित उपायहरूको प्रयोग, क्षेत्रगत अनुकूलन र अन्य सम्भावनाहरू’ र ‘साना तथा मझौला उद्यमहरूमा कर्जा विस्तारको समस्याः समाधानका नवीन तथा प्रचलित अभ्यास र हाम्रो तयारी’ नामक पहिलो र दोस्रो सत्र छन्। यस्तै, तेस्रो सत्रमा ‘ओपन बैंकिङ्ग र फिनटेकः सहकार्य, प्रतिस्पर्धा र नेपालमा नियो–बैंकको नियामकीय अवधारणा’ र ‘मौद्रिक नीतिः आर्थिक शिथिलताको चक्र तोड्न वित्त नीति र मौद्रिक नीतिको रणनीतिक साझेदारी’ नामक अन्तिम सत्र हुनेछ ।

यसबाहेक, पूर्व अर्थमन्त्री डा.प्रकाश शरण महतसँग ‘विशेष सत्र’ हुनेछ । डिस्कोर्शको मुख्य प्रायोजककारुपमा ग्लोबल आईएमई बैंक रहेको छ । यस्तै, इभेन्ट पार्टनरमा ‘इसेवा’ रहेको छ भने रेमिट्यान्स पार्टनरमा ‘माइपे रेमिट्यान्स’ र इन्टरनेट पार्टनरमा डिसहोम रहेको छ । यसैगरी, ‘सर्पोटेडबाइ’मा नबिल बैंक, एससीटी, महालक्ष्मी विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र इन्भेष्टमेन्ट मेगा बैंकसहित अन्य विभिन्न बैंक तथा वित्तीय संस्था र फिनटेक कम्पनीहरू समेत रहेका छन् ।