कृषि विकास बैंकका नवनियुक्त सिईओ गुरुङले आजदेखी कार्यभार सम्हाले

कृषि विकास बैंकका नवनियुक्त सिईओ गुरुङले आजदेखी कार्यभार सम्हाले


बैंकिङ्ग समाचार, काठमाडौं ।

कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा नियुक्त भएका गोविन्द गुरुङले आजदेखि कार्यभार सम्हालेका छन् ।

शनिबार बसेको बैंकको सञ्चालक समितिको बैठकले आगामी चार वर्षका लागि गुरुङलाई सीईओ पदमा नियुक्त गरेको हो। सञ्चालक समितिले २२ आवेदकहरु मध्येबाट ५ जनालाई सर्टलिस्टिङ गर्दै अन्तत गुरुङलाई चयन गरेको हो । 

सीईओ छनोट समितिले तीन जनाको नाम बोर्डमा सिफारिस गरेको थियो । तीन जनामध्येबाट बोर्डले गुरुङलाई सीईओ बनाउने निर्णय गरेको हो । सर्टलिष्टमा कृषि विकास बैंककै निमित्त सीइओ प्रताप सुवेदी, बैंककै डिजिएम यज्ञ प्रकाश न्यौपाने, हाल राष्ट्रिय सहकारी बैंकका सिईओ रहेका बद्रीप्रसाद गुँरागाई, नेपाल एसबिआई बैंका डिसिइओ विष्णुदेव यादव थिए ।