समता घरेलु लघुवित्तको संस्थापक शेयर बिक्रीमा 


काठमाडौं – समता घरेलु लघुवित्त वित्तीय संस्थाले विद्यमान संस्थापक शेयरधनीहरुका लागि शेयर बिक्री खुला गरेको छ । यस संस्थाले संस्थापक शेयरधनीको नाममा रहेको १ हजार कित्ता शेयर बिक्रीमा राखेको हो । 

उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्रमा आवेदन दिन सक्नेछन् । शेयर खरिदका  लागि यस संस्थाको केन्द्रीय कार्यालय बनेपा –७ काभ्रेपलान्चोकबाट आफूले खरिद गर्ने कित्ता सङ्ख्या खुलाई आवेदन दिन सकिनेछ ।