काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको छ । आज (बुधबार) न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले उक्त रिटको सुनुवाइ गरेको हो ।
सो रिटमा सुनुवाइ गर्दै न्यायाधीश मुसलमानको इजलासले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशको लागि दुवै पक्षलाई छलफलमा समेत बोलाएको छ ।
अधिवक्ताद्वय अनन्तराज लुइँटेल, विशाल थापा र प्रतिभा उप्रेतीले रिट दर्ता गरेका हुन् । रिट दायर गर्दै उनीहरुले गभर्नरको नियुक्ति गैरकानुनी भएकाले नोटमा हस्ताक्षर गर्ने कार्य रोक्न पनि अन्तरिम आदेशको माग गरेका थिए।






About Us
प्रतिक्रिया