काठमाडौं – प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज बुधवार अन्तिम मौका रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि जेठ १६ गते बुक क्लोज गर्दैछ । भोलि जेठ १५ गते गणतन्त्र दिवस परेकाले आजसम्म कायम सेयरधनीले मात्र लाभांश पाउन सक्नेछन् ।
गत वर्षको नाफाबाट यस कम्पनीले ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । कम्पनीको जेठ २६ गते बस्ने सभाले उक्त लाभांश प्रस्ताव पारित गर्नेछ । सभा आम्रपाली बेंक्वेट, भाटभटेनी काठमाडौंमा बिहान ११ बजे बस्नेछ ।





About Us
प्रतिक्रिया