काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलविरुद्धको रिट दर्ता भएको छ । डा. पौडेलको नियुक्ति बदरको माग गर्दै गत शुक्रबार सर्वोच्च अदालत प्रशासनमा पेस गरेको रिट मंगलबार सर्वोच्चमा दर्ता भएको हो ।
अधिवक्ताद्वय अनन्तराज लुइँटेल, विशाल थापाले रिट दर्ता गरेका हुन् । रिट दायर गर्दै उनीहरुले गभर्नरको नियुक्ति गैरकानुनी भएकाले नोटमा हस्ताक्षर गर्ने कार्य रोक्न पनि अन्तरिम आदेशको माग गरेका छन् ।
यसअघि पनि गभर्नर बनाउन नहुने भन्दै डा. पौडेलविरुद्ध दायर भएको रिटमा सर्वोच्च अदालत प्रशासनले दरपीठ गरेको थियो। राष्ट्र बैंक ऐनविपरीत राजनीतिक दलको सदस्यलाई गभर्नर बनाउन लागेको भन्दै पौडेलविरुद्ध रिट दायर भएकोमा सर्वोच्चले दरपीठ गर्दा उनको नियुक्तीको बाटो खुलेको थियो ।






About Us
प्रतिक्रिया