बैकिङ्ग समाचार ।
माछापुच्छ्रे बैंकले आफ्नो ब्रान्ड एम्बासडरमा अभिनेत्री एवं समाजसेवी स्वेता खड्कालाई नियुक्त गरेको छ। बैंकले आफ्नो व्यवसाय प्रवर्धनको लागि खड्कालाई एम्बासडरमा नियुक्त गरेको हो।
माछापुच्छ्रे बैंक लाजिम्पाटमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा नायिका स्वेता खड्काले सझौतापत्रमा हस्ताक्षर गरे।
चर्चित अभिनेत्री, समाजसेवी, युवा व्यवसायी एंव अन्य थुपै क्षेत्रमा राम्रो छवि बनाउन सफल खड्काको माध्यमबाट समाजका हरेक तहसम्म बैंकको पहुच पुग्ने विश्वास बैंकले लिएको छ ।
नायिका खड्काले बिस बर्ष लामो इतिहास बोकेको माछापुच्छ्रे बैंकसंग ब्रान्ड एम्वासडरको रुपमा आवद्ध हुन पाउदाँ आफूलाई खुसि लागेको बताइन्। आगामि दिनमा बैंकलाई थप उचाईमा पुर्याउन आफ्नो तर्फबाट आवश्यक भूमिका खेल्ने प्रतिबद्धता समेत व्यक्त गरिन्।
यस बैंकले १५९ वटा शाखाहरु, १३४ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २९३ स्थानमा रहेका सेवा सञ्जाल तथा १९८ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पिओएस मार्फत ग्राहकलाई सेवा दिइरहेको छ।



About Us
प्रतिक्रिया