काठमाडौं – पूर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको निवेदनमा आज पनि सुनुवाइ हुने भएको छ । उनको रिट न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा हेर्दाहेर्दैमा छ।
पूर्व गृहमन्त्री लामिछाने र छविलाल जोशीले उच्च अदालत बुटवलको आदेश बदर गरी थुनामुक्त गर्न माग गरेको निवेदनमा आजदेखि सर्वोच्च अदालतमा सुनुवाइ सुरु हुनेछ । गत मंगलबारदेखि रिटमा सुनुवाइ सुरु भएको हो। बुधबार न्यायाधीश नहकुल सुवेदी संवैधानिक इजलासमा बसेकाले सुनुवाइ स्थगित गरिएको थियो।
बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा रुपन्देही जिल्ला अदालतबाट एक करोड धरौटीमा रिहा भएका लामिछानेलाई उच्च अदालत बुटवलले भने पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।
हाल रवि र छवि दुवै रुपन्देही कारागारमा छन्। गैरकानुनी रुपमा पक्राउ गरिएको भन्दै लामिछाने पत्नी निकिता पौडेलले गत ७ बैशाखमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन्।



About Us
प्रतिक्रिया