नाडेप लघुवित्तले बोलायो १० औँ वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?


काठमाडौं –  नाडेप लघुवित्त वित्तीय संस्थाले १० औँ वार्षिक साधारण सभामा बोलाएको छ । संस्थाको जेठ २ गते बसेको सञ्चालक समितिको २१९ औँ बैठकले उक्त सभा जेठ २५ गते  ट्रिपल क्राउन रिसोर्ट गलौदी– ४ धादिङमा १०ः३० बजे बस्ने निर्णय गरेको हो ।  

साथै, उक्त सभा प्रयोजनका लागि संस्थाको शेयर धनी दर्ता किताब (बुक क्लोज) जेठ १२ गते हुने भएको छ । सो सभामा जेठ ११ गतेसम्म कायम रहेका शेयरधनीहरू मात्र भाग लिन सक्नेछन् ।