वैदेशिक रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै ५१लाख ९० हजार ठगी गर्ने दुईजना पक्राउ 


काठमाडौं – वैदेशिक रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै  बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी ठगी गर्ने दुईजना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा बर्दियाको ठाकुरबाबा –०१ का प्रेम बहादुर साउद र सुर्खेतको सिम्ता –०८ का ललित बोहरा रहेका छन् । उनीहरूले आयरल्याण्ड र युके  पठाइदिन्छु भन्दै चार जनालाई ठगेका थिए ।

साउदलाई प्रहरीले टेकुबाट एकचालिस लाख नब्बे हजार नगदसहित र  बोहरा ललितपुरको महालक्ष्मी नगरपालिका – १बाट दश लाख नगदसहित पक्राउ गरिएको हो ।