काठमाडौ – काठमाडौं महानगरपालिका-२४, मखनटोलस्थित महादेव चोकमा बुधबार बिहान एउटा घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपीलराज बोहराका अनुसार दयाराम श्रेष्ठको चारतले घरमा ग्यास चुहिएर आगलागी भएको हो ।
मृतकको पहिचान खुलेको छैन । उनले भने ‘ग्यास लिक हुँदा आगलागी भएको छ । मृतकको शव फेलापरेको छ । सनाखत हुन बाँकी छ । आगो निभाउने प्रयास जारी छ ।’ आगलागी भएको श्रेष्ठको घरसँगैको रुकेश श्रेष्ठको पाँचतले घर पनि आगो सल्केको छ ।
आगो निभाउन काठमाडौं र ललितपुरका ६ वटा दमकल प्रयोग गरिएको छ । आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र महानगर प्रहरी खटिएका छन् ।






About Us
प्रतिक्रिया