राष्ट्र बैंकको रिपोर्ट: यस्तो छ देशको वर्तमान आर्थिक अवस्था

राष्ट्र बैंकको रिपोर्ट: यस्तो छ देशको वर्तमान आर्थिक अवस्था


बैंकिङ्ग समाचार, काठमाडौं ।

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/०८० को महिनाको तथ्याङ्कमा आधारित रिपोर्ट सार्वजनिक गरेको छ। बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसहितको रिपोर्ट सार्वजनिक गरेको हो ।  जसअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ७.३८ प्रतिशत रहेको छ ।

यस्तै आयात २०.७ प्रतिशतले, निर्यात ३४.६ प्रतिशतले र कुल वस्तु व्यापार घाटा १८.८ प्रतिशतले घटेको बैंकले जनाएको छ ।

यसैगरी विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २३प्रतिशतले र अमेरिकी डलरमा १३.१ प्रतिशतले बढेको छ  शोधनान्तर स्थिति ४५ अर्ब ८७ करोडले बचतमा रहेको छ। यसैगरी कुल विदेशी विनिमय सञ्चिति १२९२ अर्ब ५६ करोड र अमेरिकी डलरमा ९ अर्ब ८२ करोड रहेको छ भने  संघीय सरकारको खर्च ४३५ अर्ब २१ करोड र राजस्व परिचालन ३२६ अर्ब ८९ करोड रहेको छ ।

राष्ट्र बैंकले विस्तृत मुद्राप्रदाय १.९ प्रतिशतले बढेको जनाउँदै वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय ७.४ प्रतिशतले बढेको उल्लेख गरेको छ ।  बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन २.२ प्रतिशतले बढ्नुका साथै निजी क्षेत्रमा प्रवाहित कर्जा १.६ प्रतिशतले बढेको छ । यसैगरी वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ९.५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ४.१ प्रतिशत रहेको छ ।