भन्सार छलेर ल्याइएका १ लाख १७ हजार बराबरको अवैध सामान बरामद


काठमाडौं – कैलालीको विभिन्न स्थानहरू अवैध रूपमा भन्सार छली गरी ल्याएका सामानहरू बरामद गरिएको छ । 

धनगढी– ३ ब्यारेल, ऐ. ७ मनेहरा र टीकापुर– ७ सत्तिबजार स्थित सडक खण्डबाट अवैध रूपमा भारतबाट भन्सार छली ल्याएको अन्दाजी मूल्य १ लाख १७ हजार बराबरको प्याज, मिश्री, धूप, ताला, कुर्ती, सुरवाल, प्लास्टिक झिल्लीलगायतका सामानहरू बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।