काठमाडौं – चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीले ६ करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको याे नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २३.८ प्रतिशत बढी हो ।
गत आर्थिक वर्षको यसै अवधिमा यस्तो नाफा ५ करोड ५८ लाख रुपैयाँ थियो । कम्पनीको नाफा बढ्दा प्रतिशेयर आम्दानी सामान्य बढेको छ । वार्षिक प्रतिशेयर आम्दानी पहिले ६ रुपैयाँ ८ पैसा रहेकोमा अहिले ७ रुपैयाँ १८ पैसा छ ।
कम्पनीको चुक्ता पूँजी १ अर्ब २२ करोडबाट १ अर्ब २८ करोड रुपैयाँ पुगेको छ । प्रतिशेयर नेटवर्थ १७१ रुपैयाँ २२ पैसा छ। हाल कम्पनीको शेयर मूल्य २ हजार २० रुपैयाँ छ ।






About Us
प्रतिक्रिया