नयाँ ढंगले मल कारखाना खोलिनेछ : प्रधानमन्त्री


काठमाडाैं – प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा नै नयाँ ढंगले मल कारखाना स्थापना गरिने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले देशमा मल कारखाना आवश्यक छ भन्नेमा सरकार स्पष्ट रहेकाले नयाँ ढंगले कारखाना खोलिने बताए ।

उनले नयाँ विधिबाट फोहोरमैला व्यवस्थापनको कुरा सोचिरहेको जानकारी पनि दिए । प्रधानमन्त्री ओलीले सम्पत्ति शुद्धीकरणका सम्बन्धमा अन्तर्राष्ट्रिय रूपमा नेपाल ‘ग्रे लिस्ट’मा पर्नु अघिल्लो सरकारको कमजोरी भएको बताए ।