काठमाडौं – प्रतिनिधिसभा सदस्य गोकुल बाँस्कोटाले राजा खोजेर समय बर्बाद नगर्न सुझाव दिएका छन् । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद बाँस्कोटाले राजावादीलाई यस्तो सुझाव दिएका हुन् ।
सांसद बाँस्कोटाले राजसंस्थाको वकालत आएको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई आन्दोलन गर्ने नभई आगामी निर्वाचनमा बहुमत ल्याउने कोशिस गर्न समेत सुझाव दिए । सांसद बाँस्कोटाले कुनै पनि हालतमा समाज पछाडि नजाने भन्दै तासका बुङका राजा-रानी खोजेर अब जिन्दगी गुजार्नुस् भन्दै कटाक्ष गरे ।
सांसद बाँस्कोटाले भने, ‘केही साथीहरु व्यवस्था परिवर्तन गर्ने भन्दै आन्दोलन गरिरहेका छन्। सरकारले संविधान नै संशोधन गर्ने भनिरहेको छ त किन आन्दोलन गर्नुपर्यो ? यहाँबाट तपाईंको दुई तिहाई पुग्दैन होला। अर्को चुनावमा कोशिस गर्नुस् । बहुमत ल्याउनुस्। तासका बुकका राजा–रानी खोजेर अब जीन्दगी गुजार्नुस्। बाँकी त कहाँबाट आउनु। राजा राजा भनेको छ अब त निद्रा पनि नपर्लाजस्तो भइसक्यो। आउदैन हजुर त्यो। यो पनि समयको बर्बादी हो के। लोकतन्त्रको विकल्प छैन, समाज पछाडि फर्किंदैन।’






About Us
प्रतिक्रिया