सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्षसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तारीको विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद यादव, लेखापाल टेक नारायण यादव र कम्प्युटर अपरेटर विरेन्द्र कुमार यादवमाथि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

उनीहरुले सोलार बत्ती जडान गर्दा सेवाग्राहीसँग घुस लिएका थिए । आयोगले उनीहरुसँग ५ लाख रुपैयाँ बिगो दाबीसहित कारबाहीकाे माग गर्दै मुद्दा दर्ता गरेकाे हाे ।

लेखापाल टेकनारायण र एमआईएस अपरेटर विरेन्द्रलाई सेवाग्राहीसँग नगद दुई लाख रुपैयाँ घुस लिदैँ गरेकाे र तीन लाख रुपैयाँको चेकसहित गत साउन ३१ गते नियन्त्रणमा लिइएको आयोगले जनाएको छ।