५ सय दरका १ सय ८६ थान नक्कली नोटसहित एक जना पक्राउ


काठमाडौं – मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट नेपाली ५ सय दरका १ सय ८६ थान नक्कली नोटसहित सोही उपमहानगरपालिका–८ कमाने बस्ने धादिङ गंगाजमुना गाउँपालिका–२ घर भएका ४२ वर्षीय रामकृष्ण अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले महोत्तरीबाट हेटौंडा बजारतर्फ जाँदै गरेको बा.३३ प ९९८३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त नक्कली नोट फेला पारी चालक अधिकारीलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।