काठमाडौं – नेपालकै अग्रणी चाउचाउ उत्पादक कम्पनी एसियन थाई फुड्स प्रा.लि.ले लुम्बिनी प्रदेशको कपिलवस्तु नगरपालिका–६ गोबरी, रामनगरमामा उद्योगको दोस्रो युनिट सञ्चालनमा ल्याएको छ । बुधवार जाजु ग्रुपका अध्यक्ष तथा एसियन थाई फुड्स प्रालिका प्रबन्ध निर्देशक महेश जाजुले वैदिक विधि अनुसार पूजा गरेर उद्योगको शुभारम्भ गरेका हुन् ।
मोरङको विराटनगर मा दुई दशक अघि सञ्चालनमा आएको यस उद्योगले दोस्रो युनिटका रूपमा कपिलवस्तुमा उद्योग स्थापना गरेको हो । यस अघि एसियन थाई फुड्सले ‘प्रीति’, ‘टुपीएम’, ‘रमपम’ लगायतका चाउचाउ ब्रान्डहरू नेपालमा उत्पादन गरी भारत लगायत तेस्रो मुलुकमा पनि निर्यात गर्दै आइरहेको छ ।
कपिलवस्तुको उद्योगबाट पनि ‘प्रीति’, ‘टुपीएम’, ‘रमपम’ लगायतका चाउचाउहरू सँगै केही थप नयाँ ब्रान्डहरूसमेत उत्पादन गरिने उद्योगले जनाएको छ । करिब अढाई बिघा क्षेत्रफलमा स्थापना गरिएको उद्योगमा सुरुमा चाउचाउ उत्पादन गरिने छ भने क्रमशः अन्य स्नयाक्स हरू पनि उत्पादन गर्दै लगिने बताइएको छ ।






About Us
प्रतिक्रिया