राष्ट्र बैंकले गर्याे चालुपूँजी कर्जा मार्गदर्शन संशोधन (संशोधित मार्गदर्शन सहित)

राष्ट्र बैंकले गर्याे चालुपूँजी कर्जा मार्गदर्शन संशोधन (संशोधित मार्गदर्शन सहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्रबैंकले चालू पुँजीकर्जा सम्बन्धी मार्गदर्शन संशोधन गरेको छ । 

बैंकले आज पत्रकार सम्मेलन गरी उक्त मार्गदर्शन संशोधन गरेको हो । 

बैंकले कात्तिक १ गतेदेखि लागु भएकोमा सो मार्गदर्शनमा उद्योगी व्यवसायीहरुले २ बर्षसम्म कार्यान्वयन नगर्न दबाब दिदै आएका थिए । जस स्वरुप उनीहरुले सडक आन्दोलन समेत गरेका थिए । व्यवसायीहरुले उक्त मार्गदर्शन २ बर्षसम्म लागु नगर्न प्रधानमन्त्री, अर्थमन्त्री लगायतलाई भेटेर ज्ञापनपत्र बुझाएका थिए । साथै, राष्ट्र बैंकले नीजि क्षेत्रका उद्योगी तथा व्यवसायीको साथै बैंकिङ्ग क्षेत्रसँग समेत छलफल गरेर संशोधन गरेको हो । 

बैंक तथा वित्तीय संस्था र उद्योगी व्यवसायीले दिएको सुझाव अनुसार चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शन संसोधन गरिएको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले जानकारी दिए ।