काठमाडौं – प्रतिनिधि सभा सदस्य शक्ति बहादुर बस्नेतले नियामक निकायको रुपमा रहेको नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रिया अस्तव्यस्त हुनुले सरकारको आर्थिक विकास समृद्धिको खिल्ली उडाइरहेको बताएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने,‘ शुसासन र आर्थिक समृद्धिका कुरा त यस्तै नै भैहाल्यो, ७९ सालमा पुरा गर्नुपर्ने संसद भवनको हाल अहिलेपनि यस्तै नै छ । नियामक निकायको रुपमा रहेको नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति अस्तव्यस्त अवस्थामा छ । अलपत्र परिराखेको छ। यी सबैले सरकारको आर्थिक विकास समृद्धिकोखिल्ली उडाइरहेको छ ।’ यसतर्फ म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु उनले भने ।
साथै,उनले सकारले विनियोजित बजेटको कार्यान्वयन नभएको तर्फ पनि ध्यानाकर्षण गराएका छन् ।



About Us
प्रतिक्रिया