नेपाल एसबीआई बैंकद्वारा मुसहर समुदाय, हरिपुर, सर्लाहीमा सामाजिक उत्तरदायित्व कार्यक्रम


काठमाडौं – नेपाल एसबीआई बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सर्लाही जिल्लाको हरिपुर नगरपालिका वडा नं ७ का मुसहर समुदायलाई लक्षित गरी अत्यावश्यक तथा शैक्षिक सामाग्री बितरण गरेको छ ।

बैंकका मधेश प्रदेश प्रमुख, श्री उदय पञ्जियार थारुले समुदायका पचास परिवार तथा बालबालिकाहरुलाई एक कार्यक्रमकाबीच औपचारिक रुपमा उक्त सामाग्रीहरु हस्तान्तरण गरेका थिए ।

सो कार्यक्रममा हरिपुर नगरपालिकाका प्रमुख गोपाल पजियार, बैंक तथा नगरपालिकाका अन्य उच्च पदाधिकारी समेतको उपस्थिति रहेको थियो । बैंकले बिपन्न तथा पिछडिएका बर्गहरुमा यस किसिमको कार्यक्रम समय समयमा गर्दै आइरहेको छ ।

नेपाल एसबिआई बैंक लि.ले बिगत ३१ वर्ष देखि बैकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, २२ शाखा रहीत बैंकिङ्ग, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।