पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन २२ अर्ब ऋण, नेपालले बार्षिक कति तिर्नुपर्छ ब्याज ?

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन २२ अर्ब ऋण, नेपालले बार्षिक कति तिर्नुपर्छ ब्याज ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
चीन सरकारको ऋण तथा अनुदान सहयोगमा करिब २२ अर्ब रुपैंया लागतमा बनेको पोखरा विमानस्थल आजबाट सञ्चालनमा आएको छ । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले औपचारिक उदघाटन गर्दे सो विमानस्थल सञ्चालनमा आएको हो । ७ बर्ष अघि नेपालले चीनको एक्जिम बैंकमार्फत २२ अर्ब रुपैंया ऋण नेपालले लिएको थियो जसमा एक्जिम बैंकको ७५ प्रतिशत र २५ प्रतिशत लागत लागेको छ । 
सरकारे कुल ३ हजार ८ सय ९९ रोपनी जग्गा अधिग्रहण गरेको छ । जसमा मुआब्जामा मात्रै ४ अर्ब ५० करोड रुपैंया खर्च भएको छ । 

उक्त विमानस्थल निर्माणमा नेपालले लिएको ऋणको ब्याज अन्य भन्दा मंह्रगो छ । जसमा ऋणको किस्ता आउँदो चैत्रदेखि बुझाउनुपर्नेछ । ऋणबापतको एक्जिम बैंकलाई बार्षिक रुपमा ३३ करोड रुपैंया बुझाउनु पर्नेछ । 
अन्य अन्तराष्ट्रिय दातृ निकायबाट लिएको ऋण १ कममा नै ऋण उपलब्ध हुन्छ ।