लगानी वित्तीय कोषको स्थापना गरिने


काठमाडौं – सरकारले लगानी वित्तीय कोषको स्थापना गर्ने भएको छ । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा स्रोत व्यवस्थापनका लागि वैकल्पिक वित्त कोष स्थापनाको घोषणा गरेको हो ।

सरकारको आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै वैकल्पिक वित्त कोषको स्थापना गर्ने घोषणा गरे । वैकल्पिक विकास वित्त परिचालनको विधेकय संसदको यसै अधिवेशनबाट पारित गर्ने समेत पाैडेलले बताए।