रोटरी काठमाडाैं हेरिटेजद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना


काठमाडाैं – रोटरी काठमाडाैं हेरिटेजले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । काठमाडाैंकाे गुह्येश्वर स्थित बाल सारथि एकेडेमीमा आयोजना गरिएको उक्त शिविरमा एकेडेमीका विद्यार्थीहरु र स्थानीयहरू सहित २५० जनाले निःशुल्क स्वास्थ्य जाँच गराउनुको साथै उनीहरूलाई निःशुल्क औषधीहरू समेत वितरण गरिएको थियो । शिविर आयोजना गर्नको लागि शान्ति सेवा गृहले डाक्टर तथा अन्य मेडिकल टिम सहयोग गरेको थियो ।

रोटरी क्लब अफ काठमाडाैं  हेरिटेजका चार्टर्ड प्रेसिडेन्ट हेमा कुमारी अधिकारीको अध्यक्षताका सम्पन्न भएको उक्त कार्यक्रमको संयोजन क्लबका मेम्बर सीप चेयर डा. माला खरेले गरेका थिए । त्यस्तै, कार्यक्रममा टोल सुधार समितिका अध्यक्ष हरि पाण्डे प्रमुख अतिथि रहेका थिए । कार्यक्रमको सञ्चालन क्लबका सचिव डा. बुद्धि मल्लले गरेका थिए । 

कार्यक्रममा सेवाग्राहीहरुको निःशुल्क रक्त परीक्षण, स्वास्थ्य परीक्षण, दन्त परीक्षण, फिजियोथेरापी सेवा तथा अन्य विभिन्न किसिमका रोगहरूको निःशुल्क परामर्श उपलब्ध गराउनुको साथै स्वास्थ्य परीक्षण गरिएकाहरूलाई निःशुल्क जुकाको औषधी, लिटो, सातु, दन्त मन्जन, ब्रस तथा अन्य विभिन्न औषधीहरू उपलब्ध गराइएको थियो । क्लबले यसअघि क्यान्सर सचेतना तथा अर्को क्लबसँग मिलेर संयुक्त रूपमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिसकेको छ ।