८ महिनापछि सुनको मूल्य प्रतितोला १ लाख नाघ्यो

८ महिनापछि सुनको मूल्य प्रतितोला १ लाख नाघ्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।

आठ महिनापछि सुनको मूल्य बढेर प्रतितोला १ लाख १७ सय रुपैयाँ कायम भएको छ ।

यसअघि गत वैशाख ५ गते सुनको मूल्य प्रतितोला १ लाख २५ सय रुपैयाँसम्म कायम भएको थियो । त्यसपछि सुनको मूल्य निरन्तर घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्याङ्कले देखाउँछ । जसमा सुनको मूल्य घटेर ९० हजार रुपैयाँसम्म झरेको थियो ।

तर, पछिल्ला दिनहरुमा निरन्तर बढेर आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १७ सय पुगेको छ । त्यस्तै, आइतबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख १२ सय रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १४ सय रुपैयाँ कायम भएको थियो । त्यस्तै, दीको मूल्यमा सामान्य वृद्धि भएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १३ सय ९५ रुपैयाँ कायम भएकोमा आइतबार ५ रुपैयाँले बढेर १४ सय रुपैयाँ कायम भएको छ ।