मन्त्रिपरिषद् बैठक र राज्यमन्त्रीको शपथ कार्यक्रम स्थगित


काठमाडौं – आज बिहान बस्ने भनिएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बिहान १० बजे बस्ने गरी बोलाएको मन्त्रिपरिषद् बैठक स्थगित भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

मन्त्रिपरिषद् बैठकसँगै राज्यमन्त्रीको शपथ ग्रहण कार्यक्रम पनि स्थगित भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ।प्रधानमन्त्रीले ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजालाई आजै सपथ ग्रहण गराउने कार्यक्रम राखेका थिए।