९ बुँदे सहमतिको विरोध, विद्यालय कर्मचारीले आन्दोलन घोषणा गर्दै


काठमाडौं – विद्यालय शिक्षक कर्मचारी परिषद्ले आजै नयाँ आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने भएको छ । नयाँ बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयमा बसेको आकस्मिक बैठकले आजै साँझ ७ बजे आन्दोलनका नयाँ कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको हो ।

सरकारसँगको सहमतिबारे असन्तुष्टि राख्दै विद्यालय कर्मचारीले विरोध जनाएका थिए । उक्त विरोधपछि महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी प्रहरीसँगको समन्वयमा रत्नराज्यबाट बाहिरिएका थिए । त्यसप्रश्चात् लगत्तै बसेको परिषद्को बैठकले पुनः आन्दोलनमा जाने चेतावनी दिएको हो ।