यस्तो छ आजको सुनचाँदीको मूल्य

यस्तो छ आजको सुनचाँदीको मूल्य


बैंकिङ्ग समाचार, काठमाडौं ।

बिहीबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य २ सय रुपैयाँले घटेर तोलाको १ लाख ९ सय रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ४ सय रुपैयाँ निर्धारण भएको छ । यस्तै, चाँदीको भाउ प्रतितोला २० रुपैयाँले घटेर १३ सय ८० रुपैयाँ कायम भएको छ ।

यसअघि बुधबार छापावाल सुनको भाउ तोलाको १ लाख १ हजार १ सय रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ६ सय रुपैयाँ निर्धारण भएको थियो । चाँदीको भाउ प्रतितोला १४ सय रुपैयाँ निर्धारण भएको थियो ।