गरिमा विकास बैंकको संस्थापक शेयर बिक्रीमा 


काठमाडौं – गरिमा विकास बैंकका संस्थापक शेयरधनीहरु मध्ये केही शेयर धनीहरूले आफ्नो नाममा रहेका शेयर बिक्री गर्ने भएका छन् । शेयरधनीहरूले ६५ हजार कित्ता शेयर बिक्रीका लागि राखेका हुन् ।

बैंकको सञ्चालक समितिको वैशाख १२ गते सम्पन्न बैंकबाट उक्त शेयर बिक्रीका लागि अनुमति दिएको हो । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार उक्त शेयर खरिदका लागि पहिलो प्राथमिकता विद्यामान शेयरधनीहरुलाई राखिएकाे छ ।

उक्त शेयर खरिद गर्न इच्छुक शेयर धनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिन (जेठ २१)  भित्रमा आवेदन दिन सक्नेछन् । आवेदन दिनका लागि यस बैंकको केन्द्रीय कार्यालय लाजिम्पाट काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

साथै, उक्त समयावधि भित्रमा कोही कसैको आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थालाई उक्त शेयर बिक्री गर्ने भएका छन् ।