नेपाल राष्ट्र बैंकले स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई तिरायो करिब १५ करोड जरिवाना


काठमाडौं – नेपाल राष्ट्र बैंकले स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई करिब १५ करोड जरिवाना तिराएको छ । राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले बैंकलाई १४ करोड ८५ लाख २५ हजार ५६६ रुपैयाँ जरिवाना तिराएको हो ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमास २०८१ पुस मसान्तसम्मको अवधिमा तोकिएका क्षेत्रमा कर्जा प्रवाह गर्नुपर्ने न्यूनतम प्रतिशतभन्दा कम कर्जा प्रवाह गरेको भन्दै कारबाही गरेको हो ।

नेपाल राष्ट बैंकले कृषि, उर्जा, लघु एवं साना तथा मझौला क्षेत्रमा सीमा तोकेर नै कर्जा प्रवाह गर्न निर्देशन दिँदै आएको छ । यता स्ट्यान्डर्ड चार्टर्ड बैंकले राष्ट्र बैंकको निर्देशन विपरित तोकिएको बराबरको कर्जा प्रवाह नगर्दा कारबाहीमा परेको हो ।