काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमका अनुसार बुधबार १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो । जसअनुसार पेट्रोलको मूल्य रु दुई, डिजेल र मट्टितेलको एक रुपैयाँ घटेको छ।
यस्तै, आन्तरिकतर्फको हवाई इन्धनको मूल्य पनि घटाइएको छ । आन्तरिकतर्फको हवाई इन्धनको मूल्य एक रुपैयाँ घटेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।





About Us
प्रतिक्रिया