प्रिमियम बापत उठाएको रकम फिर्ता गर्दै वाणिज्य बैंकहरु, कुन कुन बैंकले कति फिर्ता गर्नुपर्छ ?

प्रिमियम बापत उठाएको रकम फिर्ता गर्दै वाणिज्य बैंकहरु, कुन कुन बैंकले कति फिर्ता गर्नुपर्छ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले प्रिमियम बढाएर ऋणीमार्फत उठाएको रकम फिर्ता गर्न सम्बन्धीत बैंकहरुलाई सूचित गरेको छ । जसमा वाणिज्य बैंकहरुले नियम विपरित उठाएको ३ अर्ब रुपैंया सम्बन्धीत ऋणीको खातामा हाल्न यस अघि नै केन्द्रिय बैंकले सम्पूर्ण वाणिज्य बैंकहरुलाई सूचित गरेको हो । 

राष्ट्र बैंक स्रोतका अनुसार यसरी सबैभन्दा बढी ऋणीलाई प्रिमियम बढाउने काम एनआईसी एशिया बैंकले गरेको देखिएको छ ।

एनआईसी एसिया बैंकले ४८ करोड रूपैयाँ बढी ऋणीबाट प्रिमियम बढाएर असुल गरेको भेटिएको थियो । 
एनआईसी एसिया
एनआईसी एसियाले ४८ करोड रूपैयाँ ऋणीलाई फिर्ता गर्नुपर्छ । 

सबैभन्दा कम ग्राहकलाई फिर्ता गर्नुपर्नेमा स्टान्डर्ड चार्टर्ड बैंक रहेको छ । चार्टर्डले ४० लाख रूपैयाँ फिर्ता गर्नुपर्ने हुन्छ । 
नबिल बैंक
नबिल बैंकले  ऋणीबाट ४७ करोड रूपैयाँ असुल गरेको थियो ।  नबिल बैंकले नियम विपरीत बढाएको प्रिमियम ऋणीलाई ४७ करोड फिर्ता गर्नुपर्छ । 

ग्लोबल आइएमइ बैंक
ग्लोबल आइएमइ बैंकले ४५ करोड रुपैयाँ ऋणीलाई फिर्ता दिनुपर्छ । 
सिद्धार्थ बैंक
सिद्धार्थ बैंकले ३२ करोड ५० लाख रुपैयाँ ऋणीबाट बढी असुल गरेको राष्ट्र बैंकले भेटाएको थियो ।  ऋणीलाई सिद्धार्थले ३२ करोड ५० लाख रूपैयाँ फिर्ता गर्नुपर्ने हुन्छ ।
बैंक अफ काठमाडौं 
बैंक अफकाठमाडौंले २६ करोड फिर्ता गर्नुपर्ने छ ।
प्राइम बैंक
प्राइम बैंकले २६ करोड फिर्ता गर्नुपर्ने राष्ट्र बैंक स्रोतले जनाएको छ । 
राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय वाणिज्य बैंकले २४ करोड ५० लाख रूपैयाँ ऋणीलाई फिर्ता गर्नुपर्ने छ ।  
कुमारी बैंक
कुमारी बैंकले २० करोड रुपैयाँ,  फिर्ता गर्नुपर्ने भएको छ ।
सनराइज बैंक
सनराइज बैंकले १९ करोड १० लाख रूपैयाँ फिर्ता गर्नुपर्ने देखिएको छ । 
एनएमबि बैंक
एनएमबि बैंकले १६ करोड ३० लाख, एभरेष्टले १५ करोड ४० लाख रूपैयाँ फिर्ता गर्नुपर्ने देखिएको छ ।  नेपाल बैंक तथा प्रभु बैंकले १५ करोड रूपैयाँ फिर्ता गर्नुपर्ने देखिएको छ । 
लक्ष्मी बैंक
लक्ष्मी बैंकले १३ करोड ३० लाख रूपैयाँ फिर्ता गर्नुपर्ने हुन्छ ।  हिमालयन बैंक, नेपाल इन्भेष्टमेन्ट तथा सिटिजन्स बैंकले १२ करोड फिर्ता गर्नुपर्ने देखिएको छ । 
माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकले ११ करोड ७० लाख रूपैयाँ तथा सिभिल बैंकले  ११ करोड २० लाख रूपैयाँ फिर्ता गर्नुपर्ने देखिएको छ । 

सानिमा बैंक
सानिमा बैंकले ११ करोड ऋणीहरुलाई फिर्ता गर्नुपर्ने छ ।
 मेगा बैंक
 मेगा बैंकले ११ करोड रूपैयाँ फिर्ता गर्नुपर्ने देखिएको छ । 
एनसीसी बैंक
एनसीसी बैंकले ८ करोड ५० लाख रूपैयाँ फिर्ता गर्नुपर्ने छ । 
एसबिआई बैंक
एसबिआई बैंकले ६ करोड ७५ लाख रूपैयाँ, सेञ्चुरी बैंकले ६ करोड ५० लाख रूपैयाँ फिर्ता गर्नुपर्ने छ । 

राष्ट्र बैंकका अनुसार कतिपय बैंकले पैसा फिर्ता गर्न सुरू गरिसकेका छन् ।  बैंकले ग्राहकको खातामा पैसा फिर्ता गर्ने वा किस्ता तिर्ने बेलामा मिलान गर्न सक्नेछन् ।