लामो समय बन्द रहेको केरुङ्ग नाका सञ्चालनमा, आयात निर्यात सहज हुने अपेक्षा

लामो समय बन्द रहेको केरुङ्ग नाका सञ्चालनमा, आयात निर्यात सहज हुने अपेक्षा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
लामो समयदेखि बन्द रहेको केरुङ्ग नाकाबाट मंगलबारदेखि खुलेको छ । प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्ड नियुक्त भएसँगै उत्तर नाका खुलेकोले यसलाई अर्थपूर्ण मानिएको छ । 
भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०७६/७७ मा यो नाका हुँदै चीनतर्फ ७३ करोड मूल्य बराबरका सामान निर्यात भएको थियो । तर, कोरोना महामारी सुरु भए पछि यो नाकाबाट आयात निर्यात र सर्वसाधारणको आवागमन भने बन्द थियो । चीनले चाहे खोल्ने र नचाहेमा नखोल्ने गर्दै आएको थियो । सर्वसाधारण र व्यापारीको आवतजावत २०७६ माघ देखि नै बन्द गरिएको थियो ।

२०७२ सालको भुकम्प पछि लामो समयसम्म यो नाका बन्द हुन पुगेको थियो । केही समय अघि यो नाका खोलिए पनि विगतको जस्तो धेरै सामान आउन दिइएको छैन । तातोपानी पछि अर्को सजिलो नाका रसुवागढी–केरुङ हो ।
यो नाकाबाट पनि चीनले आयातमा प्रतिबन्ध लगाउँदा ३५ महिनादेखि केरुङको गोदाममा नेपाली सामान थन्किएका थिए । चीनले नेपाली सामानलाई रोके पनि सानो अंशमा चिनियाँ वस्तु भने छोडदै आएको छ । अहिले यो नाकाबाट दैनिक एक दर्जन हाराहारीका कन्टेनर सामान आउने गरेका छन् । थोरै मात्र कन्टेनर छोडने प्रवृत्तिले नेपाली व्यवसायीका धेरै सामान उतै रोकिएको अवस्था छ ।