४ अर्ब बराबरको पुरानो नोट जलायो राष्ट्र बैंकले 

४ अर्ब बराबरको पुरानो नोट जलायो राष्ट्र बैंकले 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले एक वर्षमा करिब साढे ४ अर्ब बराबरको पुराना नोट जलाएको छ । एक रुपैयाँ दरदेखि हजार रुपैयाँसम्मको गरी २ करोड २५ लाख २३ हजार थान पुराना नोट केन्द्रीय बैंकले जलाएको हो । गत आर्थिक वर्ष २०७८र७९ मा यो रकम जलाइएको गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

आर्थिक वर्ष २०७८र७९ मा बैंक तथा वित्तीय संस्थाहरू एवं सर्वसाधारणले यस बैंकमा जम्मा गर्नरसट्टाभर्ना गर्न ल्याएको झुत्रा, मैला र च्यातिएका तथा चलनचल्तीमा पठाउन अयोग्य विभिन्न दरका गरी ४ अर्ब ४५ करोड ९५ लाख रुपैयाँ बराबरका नोटहरू जलाइएको गरिएको हो ।

एक हजार रुपैयाँ दरको १८ लाख ५१ हजार थान नोट जलाइएको छ भने ५०० दरको ३३ लाख २२ हजार थान, १०० रुपैयाँ दरको ५५ लाख ७४ लाख, ५० रुपैयाँ दरका ६१ लाख तीन हजार, २५ रुपैयाँको दुई हजार थान, २० रुपैयाँ दरका ३१ लाख तीन हजार थान, १० रुपैयाँ दरका १४ लाख १८ हजार थान, ५ रुपैयाँ दरका १० लाख ३० हजार थान, दुई रुपैयाँ दरका २५ हजार र एक रुपैयाँ दरका सात हजार थान नोट जलाइएको केन्द्रीय बैंकले जनाएको छ ।

यता गत आर्थिक वर्ष राष्ट्र बैंकले ६३ करोड ६० लाख थान नयाँ नोट पनि निष्कासन गरेको छ । बैकले ५२ अर्ब ६५ करोड ६० लाख रुपैयाँ बराबरको सो संख्याको थान नोट जारी गरेको जनाएको छ ।