काठमाडौं – दान बहादुर कार्कीले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को पदभार ग्रहण गरेका छन् । कार्कीले आज एक समारोहकाबीच एआईजीकाे पदभार ग्रहण गरेका हुन् । गृह मन्त्रालय अन्तर्गतको बढुवा समितिको गत वैशाख ४ गते बसेको बैठकले कार्कीसहित ६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई एआईजीमा बढुवा गरेको थियो ।

गुल्मी जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ७ मा जन्मिएका कार्की २७ वर्षदेखि प्रहरीका विभिन्न तहमा रहेर काम गर्दै आएका छन् ।








About Us
प्रतिक्रिया