काठमाडाैं- नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । सीके राउत नेतृत्वको जनमत पार्टीसँग एकता घोषणाको तयारी भइरहेका बेला चौधरीलाई कार्यक्रमस्थल प्रज्ञा भवन परिसरबाट पक्राउ गरिएको हो ।
चौधरीलाई पक्राउ गर्न सादा पोशाकका प्रहरी प्रज्ञा भवनमा पुगेका थिए । प्रहरी वृत्त, मालिगाउँका डीएसपी सुनीलजंग शाहीले पक्राउ गर्ने टोलीबारे आफूलाई जानकारी नभएको, तर उनी त्यहाँबाट प्रहरीकै कुनै युनिटको नियन्त्रणमा रहेको सूचना पाएको जानकारी दिए ।
टीकापुर काण्डका प्रमुख आरोपी चौधरी राष्ट्रपतिबाट कैद मिनाहा पाएर २०८० जेठ १५ गते जेलमुक्त भएका थिए ।






About Us
प्रतिक्रिया