निजि क्षेत्रले ब्यहोरेको समस्याप्रति सरकार निकै संवेदनशिल छः अर्थमन्त्री पौडेल 

निजि क्षेत्रले ब्यहोरेको समस्याप्रति सरकार निकै संवेदनशिल छः अर्थमन्त्री पौडेल 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नवनियुक्त अर्थमन्त्री बिष्णु पौडेलले आज (मंगलबार) निजि क्षेत्र सँग कुरा गर्दै नीजि क्षेत्रले ब्यहोरेको समस्याप्रति सरकार निकै संवेदनशिल रहेको बताएका छन् । 

आज निजि क्षेत्रसँग अर्थमन्त्रालयमा अन्तक्रिया गर्दै मन्त्री पौडेलले सरकारले क्षेत्र  क्षेत्रको समस्यालाई हेरिरहेकोेले अहिले नै निर्णय नगरेपनि तपाईहरुको समस्याको समाधानमा लागिनै रहने उनले बताएका छन्, उनले भने ‘ सरकारले नीजि क्षेत्रको समस्यालाई महसुस गरिरहेकोले आजै नभएपनि केही दिनमा सरकारबाट नीजिक्षेत्रको लागि राम्रो समाचार आउँने छ । साथै, सरकारको राम्रो निर्णयलाई सबै क्षेत्रमा सम्प्रेशण गरिदिनु हुन मेरो अनुरोध भयो, ’ उनले भने ।

त्यस्तै, सरकार र निजि क्षेत्र एकै नदी भएकोले एकले अर्काेलाई आरोप प्रत्यारोप लगाउने भन्दा पनि मिलेर अघि बढेको खण्डमा मात्रै देशको अर्थतन्त्र बलियो हुने बताए ।