काठमाडौं – मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले फिल्डमा कार्य गर्ने कर्मचारीहरूलाई नेतृत्व विकास तथा क्षमता अभिवृद्धि प्रशिक्षण तालिम चितवनमा सम्पन्न गरेको छ ।
तालिममा संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले कर्मचारीहरूको सुझाव तथा गुनासो सम्बोधन गर्दै वर्तमान अवस्थामा देखिएका सम्भावित जोखिमहरूलाई सहज र दिगो ढंगले व्यवस्थापन गर्न यो तालिमले सहयोग पुग्ने विश्वास लिइएको बताए । साथै, फिल्डमा कार्यरत कर्मचारीहरूले अझै गुणस्तरीय सेवा प्रवाह गरेर अब्बल बनाउन मद्दत पुग्नेमा आफू विश्वस्त रहेको समेत बताए ।
संस्थाले प्रदेश १ र २ का फिल्डमा कार्य गर्ने २०८ जना कर्मचारीहरूलाई २ दिने प्रशिक्षण दिइएको हो । सो तालिम अन्तर्राष्ट्रिय मोटिभेश्नल स्पीकर सौनक भट्ट, लघुवित्त विज्ञ शिव हरि देवकोटा, श्रवणकुमार सपोर्ट प्रा लिका प्रमुख कार्यकारी अधिकृत प्रकाश पोखरेल, संस्थाका तालिम विभाग प्रमुख उमेश मान डङ्गोलले सहजीकरण गरेका थिए ।
मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले देशभरका आफ्ना कर्मचारीहरूलाई वैशाख महिनाभर विभिन्न स्थानमा तालिम दिइरहेको संस्थाले जनाएको छ ।






About Us
प्रतिक्रिया