७ वाणिज्य बैंकको लाभांश बढ्दा १३ को घट्यो

७ वाणिज्य बैंकको लाभांश बढ्दा १३ को घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

वाणिज्य बैकहरुको लाभांरदर घटेको छ । अघिल्लो बर्षको तुलनामा यस बर्ष बैकहरुको लाभांशदर घटेको हो । गत आ.वमा बैंकहरुको लाभांशदर १० प्रतिशत रहेकोमा यस बर्ष भने औषतमा ४.११ प्रतिशतले घटेको हो । 
अघिल्लो बर्षको तुलनामा १३ बैंकको लाभांश घटेको छ भने ७ वाणिज्य बैंकहरुको लाभांश बढाएको छ । बढाउनेमा बैंक अफ काठमाडौं, एभरेष्ट बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, ग्लोबल आइएमई बैंक, कुमारी बैंक,एनसीसी बंैक र नेपाल एसबिआई बैंकले गत बर्षको तुलनामा यस बर्ष लाभांशदर बढाएको हो । 
त्यस्तै, घट्नेमा हिमालयन बैंक, नबिल बैंक, सिद्धार्थ बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, नेपाल इन्भेष्टमेन्छ बैंक, सानिमा बैंक, प्राइम बैंक, सिटिजन्स बैंक, एनएमबी बैंक, प्रभु बैक, मेगा बैंक, र सेञ्चुुरी बैंक रहेका छन् । 
त्यस्तै चालु आ.वको लाभांश वितरण नगर्ने बैंकहरुमा ४ वटा रहेका छन् । जसमा लक्ष्मी बैंक, सनराइज बैंक, एनआईसी बैंक र माछापुच्छे« बैंक हुन । एनआइसी बैकले गत बर्षमा पनि लाभांश वितरण गर्न पाएको थिएन । भने अन्यले यस बर्षमा मात्रै लाभांश वितरण नगर्ने भएका हुन् ।