नीति तथा कार्यक्रम १९ वैशाखमा


काठमाडौं – सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम यही वैशाख १९ गते ल्याउने भएको छ । सो जानकारी सभामुख देवराज घिमिरेले मंगलबारको प्रतिनिधिसभा बैठकमा जानकारी गराएका हुन् ।

सरकारको नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त सदनमा राष्ट्रपतिले प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ ।