तेस्रो पटक अर्थमन्त्रालय सम्हाल्दै बिष्णु पौडेल

तेस्रो पटक अर्थमन्त्रालय सम्हाल्दै बिष्णु पौडेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
उपप्रधान तथा अर्थमन्त्रीमा नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेल नियुक्त भएका छन् । उनी पुष्पकलम दाहाल प्रचण्डको मन्त्रीमण्डलको अर्थमन्त्री भएका हुन् । उनी यस अघि एमाले अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा समेत अर्थमन्त्री भएका थिए । साथै, यो सँगै उनले अर्थमन्त्रालयको कार्यभार तीन पटक सम्हाल्ने मौका पाएका हुन् । 

त्यस्तै, अर्थमन्त्रालय र राष्ट्र बैकबीचको सम्बन्धमा समेत सुधार आउने अनुमान गरिएको छ । यस अघिका अर्थमन्त्री जनार्दन शर्मा र राष्ट्र बैंक बीचको सम्बन्धमा दरार आएको थियो । जसको कारणले विभिन्न सार्वजनिक कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारी र मन्त्री शर्मा बिच आरोप प्रत्यारोप भएको अवस्थामा अब भने नयाँ अर्थमन्त्री पौडेलले अर्थमन्त्रालय र केन्द्रिय बैंकको सम्बन्धमा सुधार आउने जानकारहरु बताउँछन् ।