युवाहरूको खुन पसिनाको रेमिट्यान्सले देश धानिरहेको छः पशुपति शमशेर जबरा


काठमाडौं– सांसद पशुपति शमशेर जबराले देशको राजश्वले सामान्य खर्च पनि नधान्ने बताएका छन् । मंगलबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । 

सांसद जबराले भने,‘नेपाल विडम्बनाको मुलुक हो, यस देशको राजश्वले देशको साधारण खर्च पनि धान्दैनन् । तर, हाम्रा देशका युवाहरूले विदेशमा गएर खुन पसिना बगाएर कमाएको रेमिट्यान्सले जिडिपीले ७५ प्रतिशत वार्षिक सामान आयात गर्न सक्ने क्षमता बनाएको छ ।’ हामीसँग १५ महिनाको आयात धान्न सक्ने क्षमता छ । 

उनले नेपालले क्षमताअनुसार नेपालले विद्युत् उत्पादन गर्न नसकेको बताए ।