गगन थापाविरुद्धको मुद्दा न्यायाधीशद्वय मल्ल र पाण्डेयको इजलासमा


काठमाडौं – नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाविरुद्धको अवहेलना मुद्दा न्यायाधीशद्वय सपना प्रधान मल्ल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा तोकिएको छ ।

अधिवक्ता अनन्तराज लुइँटेल, अभिमा उप्रेती र विशाल थापाले महामन्त्री थापाविरुद्ध निवेदन दिएका हुन्। थापाविरुद्ध गत आइतबार अवहेलना मुद्दा दर्ता गराएका थिए ।

थापाले संवैधानिक निकायका पदाधिकारीको नियुक्तिमा सर्वोच्च अदालतले ‘डिल’ गरेको अभिव्यक्ति दिएका थिए ।