प्रधानमन्त्री प्रचण्ड भएसँगै अर्थमन्त्रीमा एमाले उपाध्यक्ष बिष्णु पौडेलको चर्चा

प्रधानमन्त्री प्रचण्ड भएसँगै अर्थमन्त्रीमा एमाले उपाध्यक्ष बिष्णु पौडेलको चर्चा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
हिजो मात्रै प्रधानमन्त्रीको रुपमा पुष्पकमल प्रचण्ड प्रधानमन्त्री भएसँगै राजनितिक समीकरण बद्लिएको छ । गठबन्धन बाट प्रधानमन्त्रीको आस गरेको प्रचण्ड उक्त पद नपाएपछि एमाले लगायतको पार्टीको समर्थनमा प्रधानमन्त्री भएका हुन् । यस सँगै अर्थमन्त्रालयको भाग नेकपा एमालेलाई परेको छ । जसमा पूर्व अर्थमन्त्री समेत रहेका एमाले उपाध्याक्ष बिष्णु पौडेल अर्थमन्त्री बन्ने लगभग पक्का भएको छ । उनी यस अघि एमाले र माओवादी एउटै दलमा हुँदा पौडेल अर्थमन्त्री थिए । त्यसअघि पनि पौडेललाई एमालेले अर्थमन्त्री बनाएको थियो । 

हाल राष्ट्र बैंक र अर्थमन्त्रालयको विच द्धन्द्ध चलिरहेको अवस्थामा बिष्णु पौडेलले अर्थमन्त्रालय सम्हालेपछि केही मन्र्थर हुने अपेक्षा गरिएको छ ।
पूर्व ने.क.पा हुदाँ हालका गभर्नर महाप्रसाद अधिकारीलाई नियुक्त गरेको थिए । त्यस्तै अहिलेका दुबै जना डेपुटी गभर्नर पनि एमालेले नै नियुक्त गरेको हो । 
त्यस्तै, पौडेलको अर्थमन्त्री हुँदा केन्द्रिय बैंकसँग राम्रो समन्वय हुने देखिन्छ । पौडेलले पछिल्लो समय अर्थमन्त्री हुँदा राष्ट बैंकका कार्यकारी निर्देशन डा.प्रकाशकुमार श्रेष्ठलाई प्रमुख आर्थिक सल्लाहकार बनाएका थिए ।