२० वाणिज्य बैंकहरुको लाभांश घोषणा, कसको कति ?

२० वाणिज्य बैंकहरुको लाभांश घोषणा, कसको कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
हाल वाणिज्य बैंकहरुले धमाधम लाभांशको घोषणा गरिरहेका छन् भने केही बैंकहरुले बजारमा धेरै मात्रामा लगानी गरेको कारण यस बर्ष लाभांश बाड्न नपाउने भएका छन् । आजको दिन सम्म आउँदा वाणिज्य बैंकहरुले लाभांश घोषणा गरिसकेका छन् । जसमा २० वटा बैकले लाभाशं वितरणको लागि साधारण सभा बोलाएर प्रस्ताव गरिसकेका छन् भने कृषि विकास बैंकले हाल सम्म लाभांश प्रस्तावको लागि साधारण सभा समेत गरेको छैन भने, लक्ष्मी बैंक, एनआइसी एसिया बैंक, सनराईज बैंक र माछापुच्छ«े बैंकले भने यस बर्ष लाभांश घोषणा गरेका छैनन् । त्यस्तै वाणिज्य बैंकले भने लाभांश वितरण गर्ने गरेको छैन । 

\"\"

नबिल बैंक
नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई ३० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ सम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १८.५ प्रतिशत बोनस शेयर र ११.५ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो ।

हिमालयन बैंक
हिमालयन बैंकले आ.व २०७८/०७९ मा हिमालयन बैकले ८ प्रतिशत बोनस सेयर र ११.११ प्रतिशत नगद गरी कुल १९.११ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
गत वर्ष बैंकले २१.३८ प्रतिशत बोनस सेयर र ४.६२ प्रतिशत नगद गरी कुल २६ प्रतिशत लाभांश वितरण गरेको थियो
गत वर्षको तुलनामा यस बैंकले लाभांश दर घटाएको छ ।

सिभिल बैंक
सिभिल बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ जसमा बैंकले सेयरधनीहरुलाई ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद गरी कूल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकको हाल चुक्ता पूँजी ९ अर्ब ७ करोड ५८ लाख ४३ हजार रुपैयाँ रहेको छ ।

नेपाल बैंक 

नेपाल बैंक लिमिटेडले ५ प्रतिशत बोनस दिने निर्णय गरेको छ । बाँकी ७.५० प्रतिशत नगद दिने जनाएको छ । 
हाल बैंकको चुक्ता पुँजी १४ अर्ब ४० करोड ५९ लाख रुपैयाँ छ ।
प्रस्तावित बोनस वितरणपछि बैंकको चुक्ता पुँजी १४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ पुग्नेछ ।
सिद्धार्थ बैंक
सिद्धार्थ बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १२.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६६ प्रतिशत नगद गरी कूल १३.१६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
सेन्चुरी बैंक
सेन्चुरी बैंकले आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट बैंकले आफ्ना सेयरधनीहरुलाई लाभांशमध्ये ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत कर प्रयोगजनार्थ नगद लाभांश रहेको छ ।

एभरेष्ट बैंक
एभरेष्ट बैंकले १३ प्रतिशत बोनस सेयर र ७.७८ प्रतिशत नगद लाभांश गरी कुल २०.६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
कम्पनीले गत वर्ष ६ प्रतिशत बोनस सेयर र ४.३२ प्रतिशत नगद लाभांश गरी कुल १०.३२ प्रतिशत लाभांश वितरण गरेको थियो ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक
स्ट्याण्डर्ड चार्टर्ड बैंकल यो वर्ष नगद लाभांश मात्र दिने भएको छ । गत वर्षको नाफाबाट कम्पनीले सेयरधनीहरूलाई १६.५१ प्रतिशत नगद लाभांश दिन लागेको हो ।
गत वर्ष कम्पनीले १० प्रतिशत बोनस र ३.०६ प्रतिशत नगद लाभांश गरी कुल १३.०६ प्रतिशत लाभांश दिएको थियो ।
ग्लोबल आइएमई बैंक 
ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष ०७७/७८ को कुल मुनाफाबाट बैंकले आफ्ना शेयर धनीहरुलाई प्रस्ताव गरेको १० प्रतिशत बोनश शेयर र ३.५ प्रतिशत नगद लाभांश गरी जम्मा १३.५ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गरेको छ ।
आर्थिक वर्ष ०७७/७८ मा सञ्चालन मुनाफा ७ अर्ब ९ करोड रुपैयाँ र कर पछिको मुनाफा ४ अर्ब १६ करोड रुपैयाँ आर्जन गरेको बैंकले जनाएको छ । प्रस्तावित बोनश शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी २३ अर्ब ७९ करोड रुपैयाँ पुग्ने बैंकले बताएको छ ।

कुमारी बैंक
कुमारी बैंकले पनि यो वर्ष नगद लाभांश मात्र दिएको छ । कम्पनीले १२.५ प्रतिशत लाभांश दिएको हो । कम्पनीको उक्त लाभांश २२ औं वार्षिक साधारण सभाले पारित समेत गरिसकेको छ । 
एनसीसी बैंक
एनसीसीले यो वर्ष ११ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले ३.३७ प्रतिशत बोनस सेयर र ७.६३ प्रतिशत नगद लाभांश दिने भएको हो ।

नेपाल इन्भेष्टमेन्ट बैंक
नेपाल इन्भेष्टमेन्ट बैंकले पनि यो वर्ष ११ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले सेयरधनीहरूलाई ४ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

सानिमा बैंक
सानिमा बैंकले सेयरधनीहरूलाई चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । 

एनएमवी बैंक 
एनएमबि बैंकले लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट ८.२५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले बोनस सेयर भने नदिने भएको छ ।
बैंकको उक्त प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेर आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

नेपाल एसबीआई बैंक
नेपाल एसबीआई बैंकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट १०.५३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस ३ प्रतिशत र कर सहित ७.५३ प्रतिशत नगद लाभांश दिने भएको छ ।

सिटिजन्स बैंक
सिटिजन्स बैंकले यो वर्ष सेयरधनीहरूलाई नगद लाभांश मात्र दिने भएको छ । कम्पनीले प्रस्ताव गरेको ९ प्रतिशत नगद लाभांश कात्तिक ४ गते बसेको वार्षिक सभामार्फत पारित समेत गरिसकेको छ ।
प्रभु बैंक
प्रभु बैंकले यो वर्ष सेयरधनीहरूलाई ८ प्रतिशत लाभांश दिन लागेको हो । बैंकले गत वर्षको मुनाफाबाट ६.५ प्रतिशत बोनस सेयर र १.५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

प्राईम कर्मर्सियल बैंक 
आर्थिक वर्ष २०७८/७९ को नाफाबाट ८.९५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस सेयर ४ प्रतिशत र कर सहित ४.९५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

बैंक अफ काठमाडौं
बैंक अफ काठमाडौंले आर्थिक वर्ष ७८/७९ को लागि २०.९५ लाभांश प्रस्ताव गरेको छ । बैंकले हाल कायम चुक्ता पुँजीको १४.९५ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनश शेयर गरी जम्मा २०.९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

मेगा बैंक
मेगा बैंकले गत आर्थिक वर्षको नाफाबाट ७.८३ प्रतिशत लाभांशको प्रस्ताव गरेको छ । कम्पनीले ४ प्रतिशत बोनस सेयर र ३.८३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
वाणिज्य बैंकहरुले लाभांश घोषण गरेपनि लाभांश वितरणको लागि बैंकहरुले नेपाल राष्ट्र बैंकबाट स्वीकृति दिएपछि र बैंकहरुको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले उक्त लाभांश पाउनेछन् ।

यी बैंकका सेयर धनीहरुको हुने छ, हात खाली 
माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकले यो पटक सेयरधनीको हात खाली बनाएको छ ।
गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट लाभांश दिने निर्णय गरेको छ ।
बैंकले गत आवको नाफा सन्चित गर्ने र लाभांश प्रदान नगर्ने निर्णय गरेको जनाएको छ ।

एनआइसी एसिया बैंक
गत बर्ष पनि लाभांश वितरण गर्न नपाएको एनआइसी एसिया बैंकले यस बर्ष पनि लाभांश वितरण गर्न नपाउने भएको हो । 
एनआइसी एसियाले पुँजीकोष ८.१ प्रतिशत मात्र कायम गरेको छ । उसले पुँजीको क्षमताभन्दा बढी ऋण बिस्तार गरेका कारण प्राथमिक पुँजी कोष साढे ८ प्रतिशत नपुगेको हो । बैंकले पछिल्लो दुई वर्षमा ऋण बिस्तार तीव्ररूपमा गरेको छ । केही बैंकले १०/१२ अर्बको वार्षिक वृद्धि गर्दा एनआइसी एसियाले वार्षिकरूपमै ९० अर्ब रुपैयाँभन्दा बढीले ऋण बढाएको छ, जुन चार वटा वाणिज्य बैंकहरुसँग जिन्दगीभरी नभएको कुल ऋण हो ।

लक्ष्मी बैंक
लक्ष्मी बैंकले पनि लाभांश वितरण नगर्ने भएको हो । बैंकले एक सूचना जारी गर्दै यस बर्ष लगानीकर्ताको हात खाली बनाएको हो । बैंकले सम्पूर्ण आम्दानी रिटन्ड अर्निङ्गमा राख्ने निर्णय गरेको हो । 

सनराइज बैंक
आव २०७८/७९ को मुनाफाबाट शेयरधनीहरुलाई नगद लाभांश र बोनस शेयर  नबाड्ने निर्णय गरेको हो ।
त्यस्तै आव २०७८/७९ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण नेपाल राष्ट्र बैंकबाट स्वीकृति भएपश्चात बैंकको आगामी वार्षिक साधारण सभामा अनुमोदनको लागि पेश गर्ने निर्णय गरेको बैंकले जनाएको छ ।