विकास बैंकहरुको चुक्ता पूँजी ३७ अर्ब भन्दा माथि

विकास बैंकहरुको चुक्ता पूँजी ३७ अर्ब भन्दा माथि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
विकास बैंकहरुको कुल चुक्ता पूँजी ३७ अर्ब १० करोड २० लाख रुपैंया पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आ.वको तीन महिनामा राष्ट्रिय तथा क्षेत्रीय गरी कुल १७ वटा विकास बैंकहरुले उक्त परिणाममा चुक्ता पूँजी कायम गरेका हुन । 
राष्ट्र बैंक तथा विकास बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार मुक्तिनाथ विकास बैंकको चुक्ता पूँजी चालु आ.वको त्रैमासिक अवधीसम्ममा ५ अर्ब ६५ करोड ७१ लाख ८० हजार ८५ रुपैंया रहेको छ भने गरिमा विकास बैकको ४ अर्ब ५९ करोड ८ लाख ७३ हजरा रहेको छ । 
ज्योति विकास बैंकको ४ अर्ब २६ करोड ७७ लाख ५३ हजार रहेको छ जुन बढी चुक्ता पूँजी हुने तेस्रो बैंक रहेको छ । 
राष्ट्रिय स्तरको विकास बैंकहरुको चुक्ता पूँजी    

राष्ट्रिय स्तरको विकास बैंकहरु

चुक्ता पूँजी    

मुक्तिनाथ विकास बैंक  ५ अर्ब ६५ करोड ७१ लाख ८० हजार
गरिमा विकास बैंक    ४ अर्ब ५९ करोड ८ लाख ७३ 
ज्योति विकास बैंक ४ अर्ब २६ करोड ७ लाख ५३ हजार
महालक्ष्मी विकस बैंक   ४ अर्ब १० करोड ८ लाख ८३ हजार 
शाइन रेसुङ्गा    विकास बैंक     ३ अर्ब ७८ करोड १० लाख ९ हजार 
लुम्बिनी विकास बैंक ३ अर्ब २८ करोड ४२ लाख ९२ हजार  
कामना सेवा विकास बैंक   ३ अर्ब १४ करोड २५ लाख ७७ हजार 
सांग्रिला डेभलपमेन्ट बैंक      ३ अर्ब १० करोड ६६ लाख ९० हजार 

क्षेत्रीय स्तरको विकास बैंकहरुको चुक्ता पूँजी         

क्षेत्रीय स्तरको विकास बैंकहरु  चुक्ता पूँजी         
मितेरी डेभलपमेन्ट बैंक  ९० करोड ३४ लाख २८ हजार 
एक्सेल डेभलपमेन्ट बैंक    ९० करोड ८४ लाख ५५ हजार 
सप्तकोशी डेभलपमेन्ट बैंक     ८३ करोड ४३ लाख ३८ हजार 
सिन्धु विकास बैंक    ५५ करोड ७४ लाख ५६ हजार 
ग्रिन डेभलपमेन्ट बैंक     ५१ करोड ९ लाख 
कर्णाली डेभलपमेन्ट बैंक    ५० करोड २८ लाख ३० हजार 
कर्पाेरेट डेभलपमेन्ट बैंक  ५० करोड 
नारायणी डेभलपमेन्ट बैंक २६ करोड २४ लाख ६७ हजार