लाभांश स्वीकृतिको लागि प्राइम बैंकले बोलायो साधारणसभा

लाभांश स्वीकृतिको लागि प्राइम बैंकले बोलायो साधारणसभा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

बैंकिङ्ग समाचार, काठमाडौं ।
प्राइम कमर्सियल बैंक लिमिटेडले पुस २८ गते १५ औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकको पुस ६ गतेको सञ्चालक समितिको बैठकले काठमाडौं, बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०७८ र ७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै प्रस्तावित कूल ८ दशमलव ९५ प्रतिशत लाभांशलाई समेत स्वीकृति प्रदान गर्नेछ । बैंकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ४ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ४ दशमलव ९५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

उल्लेखित प्रस्तावसहित अन्य कुनै बैंक तथा वित्तीय संस्थासँगै मर्जर तथा प्राप्ति गर्ने सम्बन्धमा आवश्यक सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने निर्णय पनि सभाले गर्नेछ । साथै सर्वसाधारण शेयरधनीहरूबाट दुई जना र संस्थापक शेयरधनीहरूको तर्फबाट तीन जना गरी पाँच सञ्चालकको निर्वाचन, मनोनयन वा नियुक्ति गर्ने कार्यक्रमसमेत सभाका लागि तय भएको छ ।

साधारण सभा प्रयोजनका लागि बैंकले पुस १४ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस १३ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।