मेगा र नेपाल इन्भेष्टमेण्ट बैंकको साधारण सभा भोलि, लाभांशसँगै मर्जर प्रस्ताव पारित हुने

मेगा र नेपाल इन्भेष्टमेण्ट बैंकको साधारण सभा भोलि, लाभांशसँगै मर्जर प्रस्ताव पारित हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

बैंकिङ्ग समाचार, काठमाडौं ।
बिहिवार दुई कम्पनीको साधारण सभा हुने भएको छ । नेपाल इन्भेष्टमेण्ट बैंक र  मेगा बैंक नेपालको साधारण सभा हुने लागेको हो । 
नेपाल इन्भेष्टमेण्ट बैंकले बुधवार बिहान १० बजे नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा गर्ने जानकारी दिएको छ ।

त्यसैगरी मेगा बैंकले राष्ट्रिय सभागृह पदर्शनी मार्गमा बिहान १० बजे शुरु गर्ने जानकारी दिएको हो । सभाले ४ प्रतिशत बोनस शेयर र ३ दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी सभाले यस बैंक र नेृपाल इन्भेष्टमेण्ट बैंक एक आपसमा गाभिने प्रस्ताव पनि पनि पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि मंसिर २३ गते एक दिन बुक क्लोज गरिसकेको छ । बुक क्लोजको आधारमा मंसिर २२ गतेसम्म कायम शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन पाउनेछन् । 
त्यसैगरी नेपाल इन्भेष्टमेण्ट बैंकको भोलि हुने साधारण सभाले ४ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

साथै सभाले मेगा बैंकसँगको मर्जर प्रक्रियामा रहेकाले मर्जरसम्बन्धी आवश्यक सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णयसमेत सभाले पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि मंसिर २१ ग्ते देखि पुस ७ गते सम्म बुक क्लोज गरेको छ ।

यस आधारमा मंसिर २० गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।