नबिलको खुदनाफा दुई अर्ब माथी, पछ्याउदै अरु दुई बैंक

नबिलको खुदनाफा दुई अर्ब माथी, पछ्याउदै अरु दुई बैंक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वाणिज्य बैंकहरुको खुद नाफामा नबिल बैंक पहिलो स्थानमा रहेको छ । जसमा नबिलको खुद नाफा कुल २ अर्ब ३५ करोड ७० लाख रहेको छ । नबिल पछि एनआइसी एसिया बैंकको खुद नाफा २ अर्ब २२ करोड ७ लाख रहेको छ ।

त्यस्तै, ग्लोबल आइएमई बैंकको तेस्रो स्थानमा रहेको छ जसमा उसको खुद नाफा १ अर्ब ७५ करोड ४ लाख रहेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकको खुद नाफा १ अर्ब ५२ करोड ६ लाख रहेको छ भने, एनएमबी बैंकको खुद नाफा १ अर्ब ८ लाख रहेको छ । यद्यपी यही लाईनमा खुद नाफा गर्नेमा कुमारी बैक रहेको छ । उसको खुद नाफा १ अर्ब २५ करोड ७ लाख रहेकोमा प्राईम कर्मर्सियल बैंकको भने १ अर्ब २५ करोड ५ लाख रुपैंयाको खुद नाफा कमाएको छ ।

साथै, एभरेष्ट बैंकले पनि चार महिनाको अवधीमा कुल खुद नाफा १ अर्ब १५ करोड १ लाख रुपैंया रहेको छ ।

त्यस्तै, स्ट्यान्डर्ड चार्टर्ड बैंकको १ अर्ब ८३ करोड, नेपाल बैंकको ९८ करोड ९ लाख, राष्ट्रिय वाणिज्य बैंक ९२ करोड ६ लाख, हिमालयन बैंक ८३ करोड ५ लाख, नेपाल एसबीआई बैंकको ८२ करोड ७ लाख, सानिमा बैक ७८ करोड ७ लाख, प्रभु बैंक ७८ करोड ७ लाख, मेगा बैंकको ७६ करोड ९ लाख, एनसीसी बैंक ७२ करोड ६ लाख, सिटीजन्स बैंक ७० करोड ४ लाख, सिद्धार्थ बैंकको ६७ करोड ४ लाख, लक्ष्मी बैंकको ६५ करोड ६ लाख, माछापुच्छे« बैंकको ५९ करोड ५ लाख, सिभिल बैंकको ५६ करोड, बैंक अफ काठमाडौं ४५ करोड ३ लाख, सेञ्चुरी बैंक ४४ करोड, सनराइज बैकको ३७ करोड ६ लाख र कृषि बिकास बैंकको खुद नाफा ३१ करोड ८ लाख रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।